उत्तर कोरियाले क्रिप्टोकरेन्सी प्लेटफर्म बाइनान्सबाट ६ अर्ब अमेरिकी डलर चोरी गरेको अमेरिकी आरोप अस्वीकार गरेको छ । आरोपलाई राजनीतिक उक्साहटको संज्ञा दिँदै खण्डन गरेको उत्तर कोरियाले नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षणसमेत गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले साइबर चोरीमा आफ्नो देशको संलग्नता रहेको अमेरिकी आरोपलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भन्दै अस्वीकार गरेकी छन् ।