कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिनुभयो । तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उहाँको भनाई छ । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने र नेपाली फूलको बजार विस्तार गर्ने माध्यमका रूपमा एक्स्पोले भुमिका खेल्ने उहाँले बताउनु भयो । मन्त्री चौधरीले नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनको असर न्युनिकरणसँग जोड्नुपर्ने बताउनु भयो । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो । नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको उहाँले जानकारी पनि दिनुभयो । उहाँले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणमा प्राथमिकता दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी

दिब्य पाना
कार्तिक १८ गते २०८३
4:08 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

दीपकको रोचक व्यङ्ग्य- ‘हामीमात्रै होइन, यी मोराहरू पनि फ्लप भए’ भन्दै साथीहरू खुशी भए होलान् !’
कार्तिक १९ गते २०८३
बंगलादेशमा तलब वृद्धिको माग गर्दै गर्मेन्ट श्रमिकको प्रदर्शन चौथो दिन पनि जारी
कार्तिक १९ गते २०८३ग्राभेल हाल्नुपर्ने सडकमा माटो प्रयोग, स्थानीयको विरोधपछि रोकियो निर्माण
कार्तिक १९ गते २०८३फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु, प्राविधिक कारण खोजिँदै
कार्तिक १९ गते २०८३
फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु
कार्तिक १९ गते २०८३
प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध फेसबुकमा लेखेको आरोपमा नेकपा नेता पक्राउ
कार्तिक १९ गते २०८३
विश्व सञ्चारलाई थप कसिलो बनाउँदै "बेल्ट एण्ड रोड’ सहकार्य
कार्तिक १९ गते २०८३