मंगलबार सेयर बजार बढेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले घटेको बजारमा आज सामान्य अंकले बढेको हो ।
अघिल्लो दिन १ प्रतिशत माथिको गिरावट आएको बजारा आज भने ६.६२ अंकको सुधार देखिएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६४.१३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १२२ कम्पनीको सेयर मूल्य घटेको छ । आज १४३ कम्पनीको सेयर मूल्यको बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।






