सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाबारे सरकारले अनुसन्धान थालेको छ । दुर्घटनाको वास्तविक कारण र त्यसमा रहेका प्राविधिक पक्ष पहिचान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

मंगलबार बिहान ८:१२ बजे अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकआपसमा ठोक्किएका थिए ।