मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत सिरहाको गोलबजारदेखि नरहा हुँदै निर्माण भइरहेको सडकमा ग्राभेलको सट्टा माटो प्रयोग गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। गुणस्तरहीन सामग्री प्रयोग भएको आरोप लगाउँदै स्थानीयले विरोध गरेपछि सडक निर्माण कार्य नै रोकिएको छ ।

गोलबजार नगरपालिका–१० स्थित अशोक गाछीदेखि कदिमाटोल, भाइजीटोल, बल्कवा हुँदै नरहाको देवीपुरसम्म निर्माण भइरहेको सडकमा ठेकेदार कम्पनीले ग्राभेल हाल्नुपर्ने स्थानमा माटो तथा बालुवा प्रयोग गरेको स्थानीयको भनाइ छ।