बंगलादेशका कपडा उद्योगका श्रमिकहरूले तलब वृद्धि माग गर्दै थालेको प्रदर्शन मंगलबार चौथो दिन पनि जारी राखेका छन् ।

अक्टोबर ३१ देखि सुरु भएको प्रदर्शनमा उनीहरूले न्यूनतम मासिक तलब १२ हजार ५०० टकाबाट बढाएर ३० हजार टका पुर्‍याउन माग गरेका छन् । बढ्दो महँगीका कारण आफ्नो क्रयशक्ति घट्दै गएको श्रमिकहरूको भनाइ छ ।