सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ । अहिले बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका सुन्तला बिक्रीका लागि राखिएका छन् ।
कालीमाटी बजारमा विशेषगरी गोरखा, तनहुँ, स्याङ्जा र कास्कीलगायतका जिल्लाबाट सुन्तला भित्रिन थालेका हुन् । बजारमा सुन्तलाको आकार र गुणस्तरअनुसार मूल्य निर्धारण गरी बिक्री भइरहेको छ ।







