बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार मेलामा दुई पक्षबीच विवाद भएपछि झडप भएको थियो। झडप नियन्त्रणमा लिन तथा विवादमा संलग्न पक्षलाई छुट्याउन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको उनले जानकारी दिए ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्य संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।







