राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले व्यहोर्नुपरेको सम्भावित आर्थिक तथा कृषि क्षतिको समेत विस्तृत हिसावकिताव गर्नुपर्ने बताउनुभएको छ । संसदको सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्ध गरिएको विषयमा भएको छलफलका क्रममा झाले सरकारको राजश्वमा भएको नोक्शानीको मात्र हिसाव गरेर नपुग्ने बताउनु भयो । आयोजना ढिलाइ हुँदा किसानले गुमाएको कृषि उत्पादन, आम्दानी र अवसरको समेत मूल्यांकन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति खेती प्रभावित भयो, कति सिजन सिंचाई हुन सकेन र त्यसबाट किसानले कति अवसर गुमाए भन्ने विषयमा प्रश्न उठाउनु भयो । झाले सुनकोशी–मरिण आयोजनाबाट १ लाख ८० हजार बिघा जमिनमा सिंचाई सुविधा पुगेको भए कति खेती हुन्थ्यो र त्यसबाट कति उत्पादन प्राप्त हुन्थ्यो भन्ने विषयको समेत अध्ययन हुनुपर्ने बताउनुभएको छ ।
सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा

दिब्य पाना
मंसिर ९ गते २०८३
2:05 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

जनकपुरधाममा रेलको रौनक : स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा, व्यवस्थापनमा हेक्का
मंसिर १० गते २०८३
स्वर्णिम र शिशिरसँगको तस्वीर पोस्ट गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
मंसिर १० गते २०८३
बाँकेको चिसापानी मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा हवाई फायर
मंसिर १० गते २०८३
सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा
मंसिर १० गते २०८३
मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको सम्मान
मंसिर १० गते २०८३
तनहुँमा सयपत्री खेतीबाट मनग्य आम्दानी गर्दै महिला समूह, बारीबाटै फूल बिक्री हुँदा थपियो उत्साह
मंसिर १० गते २०८३
इरानमा हिजाब नलगाई गीत गाएको भन्दै गायिका परस्तु अहमदीसहित पाँच जनालाई ७४ कोर्रा
मंसिर १० गते २०८३