इरानमा अनिवार्य हिजाब नलगाई सांगीतिक प्रस्तुति दिएको भन्दै चर्चित गायिका परस्तु अहमदीसहित पाँच जनालाई ७४–७४ कोर्रा हानिएको छ। अहमदीका तीन जना संगीतकर्मी र एक जना निर्माता पनि सजाय पाउनेमा परेका छन्।
बीबीसीका अनुसार प्रतिरक्षा टोलीका एक वकिलले सोमबार इरानको कोम सहरमा उनीहरूलाई सजाय कार्यान्वयन गरिएको जानकारी दिएका हुन्। २९ वर्षीया अहमदीले सन् २०२४ डिसेम्बरमा लाइभस्ट्रिम गरिएको सांगीतिक कार्यक्रममा बिना हिजाब र बिना बाहुलाको पोसाक लगाएर गीत गाएकी थिइन्।







