निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ ।
आयोगको बुधबारको बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।








