सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ बिक्री गर्न लागेको हो ।कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विकास ऋणपत्र–२०८९ को कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ । ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ ।ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले मंसिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रणाली प्रयोग गर्नुपर्नेछ ।कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ ।प्रतिष्पर्धी बोलदाताले आफूले खरिद गर्न चाहेको रकम र प्रश्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ । अप्रतिष्पर्धी बोलदाताले भने खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ । उनीहरूलाई प्रतिष्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । ऋणपत्रको निष्कासन मिति मंसिर १० गते तोकिएको छ भने साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ ।
१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै

दिब्य पाना
मंसिर १० गते २०८३
3:59 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
मंसिर ११ गते २०८३
विदेशी लगानीकर्तालाई नेपालमा किन सास्ती ? चन्द्र ढकालले खोले समस्या
मंसिर ११ गते २०८३
निर्वाचन आयोगले अद्यावधिक गर्यो कांग्रेसको नयाँ कार्यसमिति
मंसिर ११ गते २०८३
१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै
मंसिर ११ गते २०८३
बालबालिकाको वैकल्पिक हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्छ : मन्त्री वादी
मंसिर ११ गते २०८३
चाबहिलबाट सलमानसहित चार जना पक्राउ
मंसिर ११ गते २०८३
अमेरिकामा विमान दुर्घटना, दुई बालकसहित ६ जनाको मृत्यु
मंसिर ११ गते २०८३