निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई अद्यावधिक गरेको छ। गत असोज १९ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गरेर पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न कांग्रेसले गत कार्तिक १६ गते आयोगमा निवेदन दिएकामा आयोगले ढिला गरी अद्यावधिक गर्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निवेदन परेपछि अध्ययन गरिरहेको र केही कागजात अपुग भएपछि ती कागजातहरू आएपछि अध्यावधिक गरिएको जानकारी दिए ।







