प्रतिनिधिसभाका निर्वाचित उपसभामुख इन्दिरा रानाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछिन्। राष्ट्रपतिको उपस्थितिमा सभामुख देवराज घिमिरेले उनलाई शपथ गराउँदैछन्।
सत्ता साझेदार दलको तर्फबाट राणा उपसभामुख बनेकी हुन्। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएकी हुन्।
प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष,मर्यादित र विश्वासनीय बनाउन पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा समेत गरेकी छन्।








