काठमाण्डाैँ,

११ फागुन । त्रिभुवन विश्व विधालय कार्यकारी परिषदले शुक्रबार विदा दिने निर्णय गरिएकाे छ।  हिजाे बुधबार बसेकाे कार्यकारी  परिषदकाे बैठकले त्रिवि सेवा आयाेगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीकाे निधनकाे शाेक बिदा दिने निर्णय गरेकाे त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएकाे पाइन्छ।उप्रेतीकाे फागुन ८ गते निधन भएकाे थियाे। पूर्व निर्धारित परीक्षाहरू यथावत रहने गरी त्रिवि केन्द्रिय कार्यालय लगायत त्रिविका सबै आंगिक क्याम्पस तथा कार्यालयहरू बन्द हुने शाखा प्रमुख याेगेन्द्रप्रसाद दाहालले जानकारी दिएकाे पाइन्छ।