काठमाण्डाैँ,
आज फागुन १५ गते साेमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले महँगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी प्रदर्शन गरेको पाइन्छ।
यसै गरी मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको नेकपाले जनाएको छ।
मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर र महँगीले नागरिक मारमा परेको भन्दै देशभर प्रदर्शन गर्ने गत महिना बसेकाे नेकपाकाे क्रेन्द्रिय समिति बैठकले निर्णय गरेकाे छ।






