कुमारी बैंककाे सवा ३ लाख कित्ता सेयर विक्रीमा

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा राखेकाे छ।

संसथापक सेयरधनीहरूकाे नाममा रहेकाे ३ लाख २९ हजार ३९४ कित्ता सेयर कुमारी बैंकले बिक्रीमा राखिएकाे छ। जसमा संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको नाममा रहेको ३ लाख १६ हजार १४० कित्ता र चन्द्रबहादुर खत्रीको ५ हजार २५४ कित्ता सेयर बिक्रीमा राखिएको छ।

उक्तसेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालय र काठमाण्डौको टंगालस्थित बैंकको प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।