काठमाडौं,

नवलपुरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका वडा नं. १० पृथ्वीनगर बस्ने ५८ बर्षकी दरीमाया थापाको गैँडाको आक्रमणबाट ज्यान गएको हो।

यस्तै उनी घर नजिकै रहेको महाराजा सामुदायिक वनमा दिउँसो साढे एक बजे घाँस काट्न गएकी थिइन् र फर्कने क्रममा गैंडाले आक्रमण गरेको हो।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी दरीमायालाई उपचारको लागि भरतपुर अस्पताल लगिएको अवस्थामा मृत्यु भएको प्रहरी कार्यालयका डिएसपी सन्तोष पाठकले बताए।