काठमाण्डाैँ,

जापान पुगेका एक युवककाे भाषा विधालयकाे हाेस्तेलमै मृत फेला परेकाे छ।अध्ययनका लागि एक वर्षअघि जापान पुगेका दाङको तुलसीपुरका एकजना युवक भाषा विद्यालयको होस्टेलमै मृत भेटिएका छन्।

जापानको ओकिनवामा जापानी भाषा विद्यालयमा अध्ययरत खिम बुढामगर होस्टेलमै गत शनिबार मृत भेटिएका हुन्।राति साढे ११ बजे कोठामा मृत भेटिएका हुन्। मृत भेटिएका उनिबारे आइतबार बिहान मात्रै परिवारले खबर पाएका थिए।

बुढामगरको शव प्रहरीले लगेर मृत्युबारे छानबिन भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुमानमाा उनले आत्महत्या आशंका गरेको छ।पोष्टमार्टमको रिपोर्ट आउन एक साता लाग्ने त्यहाँस्थित नेपाली संस्थाहरुले जनाएका छन्। खिमको मृत्युबारे नेपालस्थित परिवारका सदस्यहरुलाई खबर पुगिसकेको छ।