काठमाडौं

पुर्वमा १ नम्बर प्रदेशको नाम कोशी राखिएको बिषयमा आन्दोलन भैरहेको छ । उक्त नामाकरण गर्दा माओवादी र एमाले लगायतका दलहरु को समर्थन ले पर्याप्त बहुमत बाट कोशी प्रदेश नाम राखिएको थियो ।

तर नेकपा माओवादीको आज बसेको बैठकले कोशी प्रदेश को नाम पहिचान झल्किने जातिय हुनुपर्ने कुराको समर्थन गर्ने निर्णय गरेको छ ।

नामाकरण सच्चाउन भैरहेको आन्दोलन मा १ जना को मृत्यु पनि भएको छ ।

प्रदेश को नाम राख्दा समर्थन गर्ने तर हाल आएर आन्दोलन कारीको समर्थन मा निर्णय गरेकोमा माओवादी पार्टी दोधारे चरित्रको भयो भन्ने भनाई ले सामाजिक सञ्जाल तातेको छ ।

यसअगाडि पनि माओवादी ले एमसिसि को पास गर्ने क्रममा यस्तै दोधारे चरित्र देखाएको थियो । सडकमा कार्यकर्ता उतार्न र सदन बाट चौतर्फी बिबादीत एमसिसि पास गराएको थियो ।