गुल्मीकाे मदाने गाउँपालिकामा आगलागीमा परेर एक जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

गुल्मीकाे मदाने गाउँपालिकामा आगलागीमा परेर एक जनाकाे मृत्यु भएकाे छ। मदाने गाउँपालिका ६ पुर्कोटदहकाे देउरालीमा गएराति आगलागी हुँदा ८३ वर्षीय ज्ञानबहादुर जीसीको मृत्यु भएको हो ।

गएराति १० बजे पुर्कोटदहको देउरालीमा आगलागी भएर ज्ञानबहादुरकाे निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार मृतक घरमा एक्लै बस्ने र २ छोराहरू विदेशमा बस्दै आएका छन्।

आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।प्रहरीले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।