चितवन,२६ साउन
चितवनमा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको उपचारको क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए।
उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए ।