काठमाण्डाैँ,

नेपाली सेनाकाे साइबर स्पेशमा हमला गरेकाे आरोपमा प्रहरीले स्याङ्जा वालिङ नगरपालिका १० मा घर भइ पाेखरा महानगरपालिका १६ बाटुलेचाैर डेरामा बस्ने २१ वर्षिय सागर ढकाललाई पक्राउ गरेकाे छ।

साइबर ब्यूराेबाट खटिएकाे प्रहरी टाेलीले ढकाललाई पक्राउ गरेकाे हाे। यस्तै ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो।