आगामी मंसिर ४ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘जलाकी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (राइट्स) अमेरिका र क्यानडाका लागि बिक्री भएको छ।

अमेरिका र क्यानडाको प्रदर्शन अधिकार ‘पिएनएम एलएलसी’ ले खरिद गरेको निर्देशक मगरले बुधबार जानकारी दिए। ती देशहरूमा फिल्म प्रदर्शन हुने मिति वितरक कम्पनी र निर्माताबीचको आपसी छलफलपछि तय गरिने उनले बताए।