इजरायलका पूर्वउपमहानगर प्रमुख तथा व्यापार दूत फ्लेअर हसन–नाहुमले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुप्रति अझै ठूलो जनसमर्थन रहेको बताएकी छन् ।

बीबीसी रेडियो फोरको ‘टुडे’ कार्यक्रममा बोल्दै उनले अक्टोबर ७ को घटनापछि पनि नेतन्याहुप्रति जनताको समर्थन कायम रहनुलाई ‘अविश्वसनीय’ भएको टिप्पणी गरेकी हुन् ।