नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद २० हजार २ सय रुपैयाँ र एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौँका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक–एक स्थानबाट दुई–दुई, पर्सा, लमजुङ र बर्दियाका एक–एक स्थानबाट एक–एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो ।








