गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी,उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन्। अन्तरक्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको अवस्था,कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा सहभागी बुद्धिजीवी,उद्योगी तथा व्यवसायीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा सरकारले पर्याप्त चासो नदिएको गुनासो गरेका थिए। जिल्लाको समग्र विकासलाई गति दिन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो।