अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ ।
अमेरिकी कृषि मन्त्रालयले आठ अर्ब डलर डिजेल खर्च बढेका किसानलाई एक पटकका लागि भुक्तानी गर्ने जनाएको छ । पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलरको ऋण प्रत्याभूति र मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीका परियोजनाका लागि पनि रकम छुट्ट्याइएको छ ।








