सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्याललाई भेट्न आङ्देम्बे पुगेका हुन्।

सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफल र कांग्रेस संसदीय दलको बैठकका विषय सभामुखलाई जानकारी गराउने उनको तयारी छ।