सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण गरेको नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी सिस्टम) को आज मङ्गलबार औपचारिक शुभारम्भ हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहलले एक पत्र जारी गर्दै नयाँ सफ्टवेयरको शुभारम्भबारे जानकारी गराएको हो ।