सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। तर नाफाको वृद्धिसँगै चुक्तापूँजी पनि बढेकाले प्रतिसेयर आम्दानीमा भने सामान्य सुधार मात्र देखिएको छ। कम्पनीको वित्तीय विवरणले विद्युत् बिक्री आम्दानीको वृद्धिभन्दा वित्तीय खर्चमा आएको कमी नाफा बढाउने प्रमुख आधार बनेको देखाउँछ।
कम्पनीले असोज मसान्तसम्म २२ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १५ करोड ९६ लाख रुपैयाँ थियो। यसअनुसार नाफा ४३.३५ प्रतिशत बढेको छ।








