लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दको एकल इजलासले सरकारसहित विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।