थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

बैङ्ककका बासिन्दालाई मोबाइल फोनमार्फत पठाइएको सूचनाअनुसार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको थियो । सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान आग्रह गरिएको थियो । बैङ्कक महानगर प्रशासनले त्यसको एक घण्टाभन्दा कम समयमा आगो नियन्त्रणमा लिइएको जानकारी दिएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।