अधिवक्ता शितल पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा  पक्राउ पुर्जी जारी

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, १२ साउन

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

यसअघि एक टेलिभिजन अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् । उनीमाथि जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न माग गरिएको छ।

सोही अभिव्यक्तिलाई  लिएर उनीविरूद्ध तामाङ  र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा  पक्राउ पुर्जी जारी भएको डिएसपी अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको