काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा नेपालको सेवा आय २६ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पाँच महिनामा विदेशीले नेपालमा गर्ने खर्च साढे ४७ प्रतिशतले बढेर ३३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पाँच महिनामा विदेशीले नेपालमा गरेकाे खर्च २३ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।
यस्तै पाँच महिनामै नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय साढे ५९ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । नेपालीले विदेशमा गरेको खर्चमध्ये विदेशमा पढ्न जानेहरूकाे ४७ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको पाँच महिनामा नेपालीले विदेशमा ४७ अर्ब ४८ करोड रुपैयाा खर्च गरेकोमा शिक्षातर्फ २८ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।