निलम्बित कर्मचारीलाई बर्खास्त गर्न प्रदेश लोक सेवा आयोगलाई महानगरकाे पत्राचार

समाचार शेयर गर्नुहोस्

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले निलम्बित दुई जना कर्मचारीलाई बर्खास्त गर्न बाग्मती प्रदेश लोक सेवा आयोगलाई पत्राचार गरेको छ ।

निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई बर्खास्त गर्नका लागि परामर्श दिन महानगरपालिकाले पत्राचार गरेको हो । स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारको कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि उनीहरूलाई सेवाबाट हटाउन परामर्श लिएको महानगरपालिकाले जनाएको छ ।

मेयर बालेन शाहको सचिवालयमा कार्यरत १० औँ तहका नूरनिधि न्यौपानेको हकमा कार्यपालिकाबाट निर्णय गरेर प्रदेश लोक सेवामा पठाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।