काठमाडाैं,८ साउन
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादको यात्रालाई ठीक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टीलाई भ्रष्टाचारविरोधी बनाउन सक्नुपर्ने बताए।
समाजवादी यात्राको चुनौती, भ्रष्टाचार र दण्डहीनता विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘यो क्रममा हाम्रो एउटा काम छुटेको छ । भ्रष्टाचाररहित समाजको ग्यारेन्टी कसले गर्छ ? नारायणकाजीले ? नारायणकाजी त्यहाँ रहने ग्यारेण्टी कसले गर्छ ? त्यो दुई दिनको कुरा हुन्छ । एकपछि अर्कोगरी भ्रष्टाचारविरोधीहरू आउँछन् अन्तत: भ्रष्टाचारविरोधीहरु नै बिक्न थाल्छन् । नत्र टिक्नै नसक्ने अवस्था आउँछ ।’
यस्तै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारवाही गर्न सरकारलाई आग्रह गरे।