१५ जेठ,काठमाडाैं

नेपाली कांग्रेसका महामन्त्री गंगन थापाले चुनावअघि दलहरूसँग तालमेल गर्नु गल्ती भएकाे बताएका छन्। ललितपुरमा साेमबार भएकाे कार्यक्रममा थापाले यस्ताे बताएका हुन्।

‘चुनाव जितिसकेपछि आफ्नो मतले मात्र सरकार बनेन भने हामी अर्को पार्टीसँग मिल्छौं र सरकार बनाउँछौं,’ उनले भने, ‘चुनावअघि नै अर्को पार्टीसँग तालमेल गरेर अर्को पार्टीको चिन्हमा मत हाल भन्छौं भने हाम्रो पार्टीको परिचय, पहिचान, छविमा   प्रश्न उठ्यो।’चुनाव जित्ने र हार्ने विषयलाई ठूलो मान्न नहुने उनले बताए।

यस्तै उनले आफूले विभिन्न विषयमा फरक मत राख्दै आएको बताएका छन्।

‘फरक मत राखियो तर पार्टीको बहुमतले गरेको निर्णय भनेर मानियो,’ उनले भने, ‘अब मानिन्नँ, अब लडिन्छ। कांग्रेसले गरेका गल्ती स्वीकार गर्दै, जनतासँग माफी माग्दै कांग्रेसले घोषणा गर्नुपर्छ- चुनाव हारे हारिन्छ। जीवनमा कुनै पार्टीसँग चुनावमा गठबन्धन गर्दैन। तीन पटक चुनाव हारे हारिन्छ। भुइँमा बस्नु परे बसौंला।’