२३ जेठ, काठमाडाैं

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिले करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीको जवाफ माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोल्दै  गिरीले चित्तबुझ्दो जवाफ दिनुपर्ने नभए छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।

‘११ सय भन्दा बढी गाडी बजेटभन्दा अगाडि भित्र्याइयो। १५ प्रतिशत अन्त शुल्क र भन्सार शुल्क बढाउँदा करोडौं घाटा हुन्छ। यो यथार्थ के हो? अर्थमन्त्रीले जवाफ दिनुपर्‍यो,’ उनले भने।

प्रमुख सचेक गिरीले हरेक वर्ष बजेट बनाउँदा गम्भीर खालका विषय बाहिरिने गरेको उल्लेख गरे । उनले गत वर्ष पनि सीसीटीभी फुटेज डिलिट गर्न मुसाले तार कटाउनेसम्मका कमीकमजोरी भएको बताए । एकपछि अर्को घटना आइरहँदा जनतामा आशंका बढेको उनले सुनाए