३२ जेठ, काठमाडाैं
आईसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनाएको हो ।
ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक १०९ रनको योगदान दिए भने सोयब खानले ६८ बलमा ३८ रन जोडे । साथै आयान खानले ४६ बलमा ५६ रन, सन्दीप गोडले ३१ बलमा १५ रन र नसिम खुशीले ९ बलमा १७ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जिसीले समान १/१ विकेट लिए। विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोलीसँग खेल्नेछ ।