काठमाडाैं,१४ असार
नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार प्रदेशसभा भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने बताएका हुन् । थापाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नसकिने बरु आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिने बताए ।
‘बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला। मध्यावधिमा जानु ठूलो कुरा भएन तर मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं। त्यसका लागि ४ दलबीच एक भएर अघि बढ्ने सहमति भएको छ। सहमति अक्षरसः पालना हुन्छ,’ माओवादी, एकीकृत समाजवादी र जसपाबीच भएको समझदारीको कुरा गर्दै थापाले भने, ‘त्यसमा कुनै शंका गर्नुपर्दैन।’








