काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ३.०७ अङ्कले घटेर २७६९.०९ विन्दुमा कायम भएको छ ।
बजारमा झिनो गिरावट आ पनि कारोबार रकम भने निकै उत्साहजनक देखिएको छ। आज कुल ३३२ कम्पनीको ३ करोड ६२ लाख कित्ता खरिद बिक्री हुँदा १६ अर्ब ३५ करोड बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बजार घटे पनि आज पाँच वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीहरूमा एसवाई प्यानल, हिमस्टार, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपाल रहेका छन् ।
आज बजारमा होटल र टुरिजम क्षेत्रमा सर्वाधिक १.६७ प्रतिशत वृद्धि हुँदा हाइड्रो, म्यानुफ्याक्चरिङ र म्युचुअल फण्ड समूह सामान्य बढ्दा अन्य परिसूचक सामान्य घटेका छन् ।
कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको ६५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।
त्यसैगरी आँखुखोला हाइड्रोपावरको ५६ करोड १६ लाख, मन्जुश्री फाइनान्स को ५२ करोड ३२ लाख, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केबलकारको ४० करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।







