बर्दियामा बाल यौन दुराचारको आरोप लागेका शिक्षक यामप्रसाद शर्मा कालीकोट जिल्लाबाट पक्राउ पर्नुभएको छ । उहाँ आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
शिक्षकले एक १५ वर्षिया बालिकालाई यौन दुराचार गरेको पीडित बालिकाले आरोप छ । पीडित बालिका र परिवारले शिक्षकले यौन दुराचार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ढोढरीमा फागुन २७ गते जाहेरी दरखस्त दिएका थिए । जाहेरीमा पीडित बालिकालाई घटनाको अघिपछि पनि पटक पटक फोन मार्फत अश्लिल कुरा गर्ने गरेको र गलत आशयले कुरा गर्ने गरेको उल्लेख गरेका छन् ।
आरोपित शिक्षकलाई कालीकोटबाट अड्डासार गरी बर्दिया ल्याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रमेश विष्टले बताउनुभयो । गए राति मात्र उहाँलाई बर्दिया ल्याएको बताउँदै आज अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान जारी राख्ने बताउनुभयो ।
बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार बालयौन दुराचार मुद्दामा दोसी ठहरिए तीनदेखि चार वर्षसम्म कैद र ७५ देखि ८० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।







