काठमाडौं । निर्वाचन प्रहरीका लागि कपडा तथा अन्य सामग्री खरिदमा उठेको अनियमितताको प्रश्न अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नौ सदस्यीय अध्ययन समिति गठन गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा अध्ययन समिति गठन गरेको हो।








