एजेन्सी । साउदी अरबले आफ्नो भूमिमा हुने आक्रमण रोक्न र युद्धविराम कायम गर्न यमनको हुती विद्रोही समूहलाई १ अर्ब अमेरिकी डलर प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ । खाडी क्षेत्रका कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै इजरायली सञ्चारमाध्यमहरूले इरानको मध्यस्थतामा यो सम्झौता अघि बढाइएको दाबी गरेका हुन् ।
समाचार विवरणहरूका अनुसार, साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुतीहरूसँग युद्धविराम सम्झौताका लागि वार्ता गर्न तेहरान पुगेका थिए । प्रस्तावित व्यवस्थाअनुसार, इरानमार्फत हुती समूहलाई उक्त १ अर्ब अमेरिकी डलर उपलब्ध गराउने तयारी गरिएको उल्लेख छ ।








