प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन्। तर, विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने सामान्य अभ्यास प्रधानमन्त्री शाहले पालना गरेनन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे अहिलेसम्म औपचारिक वा अनौपचारिक कुनै पनि माध्यमबाट जानकारी गराएका छैनन्।