काठमाडौँ । हालै आएको बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यासको आपूर्ति समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रुपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसग छलफल गरेकी हुन् ।
अब उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइनेछ । आफूले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा नभएमा उपभोक्ताले जुनसुकै सिलिन्डरमार्फत ग्यास खरिद गर्न सक्नेछन् । बाढीका कारण आपूर्ति प्रणालीमा असर परेकाले तत्कालका लागि यो अस्थायी व्यवस्था गरिएको हो ।

