अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कुनै समयमा पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। इरानी सेनाले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने तथा द्वन्द्व लामो समयसम्म चल्न सक्ने बताएको छ।

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि आइतबार आयोवामा आयोजित चुनावी सभामा ट्रम्पले इरानमाथि कारबाही पुनः सुरु गर्ने सङ्केत गरे। “म इरानसँगको विषय टुङ्ग्याउन नसक्नुको एउटै कारण म संयमित हुन चाहनु हो । कुनै समयमा हामीले उनीहरूलाई कडा प्रहार गर्नुपर्ने हुन्छ”