बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ

समाचार शेयर गर्नुहोस्

महोत्तरी : महोत्तरी प्रहरीले दुई अलग अलग घटनाका आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक र कुटपिट गरेको आरोपमा एक गरि चार जनालाई पक्राउ परेका छन् ।

डाकाँ गर्दै बलात्कार गरेको आरोपमा सम्सी गाउँपालिका-२ का २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी रहेका छन् । सम्सी गाउँपालिका- १ मा बस्दै आएकी १५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

माघ २३ गते राति साढे १ बजेको समयमा बालिकाले लगाएको आमाको गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट तथ्य खुलेको हो ।

बालिकाले भनेको हुलियाको आधारमा बिहीबार राति ८ बजे उनीहरुलाई पक्राउ गरी पीडित बालिकाबाट सनाखतसमेत गराई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन युवकलाई जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान र फरार एक जनाको खोजी गरिरहेको  प्रहरीले जनाएको छ ।

यता ऋणीलाई पोलमा बाँधेर कुट्ने साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्याज दिएको भन्दै ऋणीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पिपरा गाँउपालिका-६ बस्ने रामकुमार शर्मालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार शर्माले ऋणी भनिने धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित उमाप्रेमपुरका ४२ वर्षीय नरेश मण्डललाई बिजुलीको पोलमा बाँधि कुटपिट गरिएको हो । साहु रामकुमारले मण्डलमाथि अमानवीय व्यवहार गरेको पाइएपछि उनलाई पक्राउ गरेर महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

facebook sharing button
messenger sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।