काठमाडाैं,९ साउन
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बिउ अभाव हुन नदिने बताएका छन् ।
मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे।
सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो। कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए।